नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’ सार्वजनिक

२०८३ असार ३०, मंगलवार

काठमाडौँ : हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’ सार्वजनिक गरिएको छ।

मौलिक नेपाली संस्कृति, माइती–चेलीको आत्मीय सम्बन्ध र तीजको उल्लासलाई समेटिएको उक्त गीत क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको हो। गीत गोर्खा इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

गीतका शब्द तथा सङ्गीत बेलायतमा रहेका पत्रकार, गीतकार तथा सामाजिक अभियन्ता नरेन्द्र बस्नेतको रहेको छ भने स्वर एआई भोकलबाट तयार गरिएको हो। ‘यसपालीको तीजमा, चेली माइती साथमा, छम्म छम्म नाचौँला समाएर हातमा’ बोलबाट सुरु हुने गीतले तीजको मौलिकता, माइतीघरको सम्झना, दिदीबहिनीको आत्मीयता र समसामयिक विषयलाई रोचक ढंगले प्रस्तुत गरेको छ।

गीतको भिडियोमा बिनिता बस्नेतको प्रस्तुति रहेको छ। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन पशुपति सुनारले गरेका छन् भने कोरियोग्राफी सन्ध्या रसाइलीको रहेको छ।

आगामी तीजलाई लक्षित गरी सार्वजनिक गरिएको ‘छम्म छम्म नाचौंला’ ले नेपालसहित विश्वभर रहेका नेपाली समुदायमा तीजको उत्साह थप बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार