किसानहरुले गरे माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन

२०८३ असार ३१, बुधबार

काठमाडौँ : किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।

आज(बुधबार) बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले उचित मूल्य पाउनुपर्नै र बिचौलिया हटाउनुपर्नेलगाायतको माग राखेका छन् ।

छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको र लागत मूल्य समेत नउठेको किसानहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार