यात्रुले एयरहोस्टेसलाई हातपात गरेपछि रनवेबाट फर्काइयो जहाज

२०८३ असार ३२, बिहीबार

काठमाडौं : त्रिभुवन विमानस्थलबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाज टेकअप लिनुअघि एक यात्रुले लफडा गरेपछि फर्काइएको छ । जहाजका यात्रुलाई प्रक्राउ गरेर जहाज पुन उडाउने तयारी रहेको विमानस्थल स्रोतले बतायो ।

उडान समय साढे ५ बजे रहेको २२० नम्बरको जहाज उड्नुअघि यात्रुले शौचालय जान खोजेका थिए । तर एयरहोस्टेसले उड्नेबेला शौचालय जान नमिल्ने सम्झाएपछि उनले झगडा गरे । यस क्रममा उनले एयरहोस्टेसलाई हातपात समेत गरेको स्रोतको भनाइ छ ।

यसरी जहाजभित्रै लफडा परेपछि पाइलटले रनवेमा गुडिसकेको जहाजलाई टेकअफ लिन रोकेका थिए । जहाजलाई अहिले पार्किङमा फर्काइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

ताजा समाचार