चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा

२०८३ श्रावण १, शुक्रबार

काठमाडौं : चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा आएको छ । अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

यो चलचित्रमा अटिजम भएको व्यक्तिको भूमिका अरुणले निर्वाह गरेका छन् । बुहारीको भूमिकामा सिम्रन छिन् । कपिल रिजालले यो चलचित्र निर्देशन गरेका छन् । चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सन्जोग रसाइलीलगायतको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार