काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “नयाँ सरकारले एकैचोटि धेरैतिर हात हाल्नुसट्टा यतिबेला देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै एकलव्यदृष्टि लगाउँदा राम्रो होला ।” देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ त्यही गर्दा राम्रो हुने उनको सुझाव छ ।
उनले लेखेका छन्, “एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन ! ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ !”





