मिटरब्याजपीडितलाई सरकारले फेरि धोका दियो : ओली

२०८३ श्रावण ३, आईतवार

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिटब्याजपीडितलाई सरकारले फेरि एकपटक धोका दिएको टिप्पणी गरेका छन् ।

आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले सरकार र मिटब्याजपीडितको सहमतिप्रति लक्षित गरी त्यस्तो दाबी गरेका हुन् ।

“मिटरब्याजपीडितलाई सरकारले फेरि एकपटक धोका दिएको छ । अलिकपछि थाहा पाउँछन् यो धोका रहेछ भन्ने कुरा,” उनले भने । उनले अर्थतन्त्र डुबेको छैन भन्ने देखाउन झनै डुबाएको टिप्पणी गरे । “डुबेको अर्थतन्त्रलाई डुबेको छैन भन्ने देखाउन झन डुबाउने काम भइरहेको छ । मूल्यवृद्धिले गरिबलाई झन डुबाउँछ । कर वृद्धिले झन डुबाउँछ,” ओलीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार