हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

२०८३ श्रावण ३, आईतवार

बागमती : हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन् ।

मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोकेको थियो । त्यस्तै कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्व सूचनाअनुसार साँझ ६ बजेदेखि चौघडामा रोकिएको थियो ।

आज बिहानैदेखि हेटौँडाबाट जाने सबै मार्गमा यातायात पूर्ण रूपमा सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनसुनजन्य विपद्लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गरी ट्राभल एडभाइजरीसमेत जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार