सिटिजन लाइफका चार सञ्चालकको कार्यकाल लम्बियो

२०८३ श्रावण ६, बुधबार

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चार जना सञ्चालकको कार्यकाल अस्थायी रूपमा लम्ब्याउने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको हालै बसेको बैठकले प्रदीपजंग पाण्डे, समितकुमार अग्रवाल, मनोज कार्की र महेश्वर स्वारको पदावधि आगामी साधारणसभा सम्पन्न नहुँदासम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो।

उक्त चारै जनाको कार्यकाल साउन ६ गते समाप्त हुने अवस्थामा रहे पनि साधारणसभा आयोजना गर्न केही समय लाग्ने भएकाले निरन्तरता दिइएको कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिको अध्यक्षमा प्रदीपजंग पाण्डेलाई नै यथावत् राख्ने निर्णय पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार