स्वास्थ्यावस्था जटिल भएपछि मीना सुनारको उद्धार

२०८३ श्रावण ६, बुधबार

गण्डकी : रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याएको छ ।

मङ्लगबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै पोखरा लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए ।

“स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पठाइएको छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार