विश्वकप लिग-२ : आज नेपाल र नेदरल्याण्डस भिड्दै

२०८३ श्रावण ७, बिहीबार

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डससँग खेल्दै छ ।

सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुँदै छन् । यो खेल नेपाली समय अनुसार २:४५ बजेदेखि सुरु हुँदै छ ।

नेपालले पछिल्लो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसको यस सिरिजमा पहिलो खेल खेल्दै छ ।  नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ५ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले ३ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ ।

पछिल्लो पटक दुवै देशबीच २०२५ जुनमा खेल भएको थियो र सो खेल नेपालले १६ रनले जितेको थियो । यस सिरिज खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टिम नेदरल्याण्डस पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार