काठमाडौं : मध्यपूर्वमा बढ्दो सैन्य तनाव र तेल आपूर्ति अवरुद्ध हुने चिन्ताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
बिहीबार ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढीले उकालो लाग्दै छ हप्ताभन्दा बढी समययताकै उच्च स्तरमा पुगेको छ।
आज ब्रेन्ट क्रुडको मूल्य २.३९ प्रतिशत अर्थात २.२५ डलरले बढेर प्रतिब्यारेल ९६.३२ डलर पुगेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि १.९० प्रतिशतले बढेर प्रतिब्यारेल ८८.४८ डलर पुगेको छ । अघिल्लो कारोबार दिन पनि ब्रेन्टको मूल्य ३ डलरभन्दा बढीले बढेर ९४.०७ डलरमा बन्द भएको थियो।
तेल बजारमा आएको उछालको मुख्य कारण अमेरिका इरानबीच चर्किएको सैन्य तनाव र लाल सागर क्षेत्रमा जहाजमाथि बढेको जोखिमलाई मानिएको छ।





