असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु

२०८३ श्रावण ७, बिहीबार

काठमाडौँ : भारतको उत्तरपूर्वी राज्य असममा भारी मनसुन वर्षाले निम्त्याएको बाढीमा परी कम्तिमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार उद्धार तथा राहत कार्यहरू गरिरहेका छन् ।

यस क्षेत्रका लामो समयको गर्मी पछिको मनसुनी बर्षाले निम्त्याएको बाढी जन्य प्रकोपले मानविय क्षति हुनुका साथै विभिन्न क्षेत्रमा प्रभाव पारेको असमका मुख्यमन्त्री हिमांता विश्व शर्माले सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।

भारतको वायुसेना र राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूसहित सहयोगी एजेन्सीहरूले असममा राहत तथा उद्धार कार्यका लागि चौबीसै घण्टा काम गरिरहेको शर्माले बताएका छन् ।

अधिकारीहरूले लगभग १५० वटा राहत शिविरहरू स्थापना गरेको तथा लगभग ३० हजार शिविरमा शरण लिइरहेको शर्माले बताएका छन् ।

मुख्यमन्त्री शर्माले बाढीबाट एक हजार ८०० भन्दा बढी गाउँका ९ लाख मानिसहरु प्रभावित भएको उल्लेख गरेका छन् ।

प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा अधिकारीहरूले राहत सामग्रीको वितरणलाई सहज पहुच याग्य बनाउन ड्रोन लगायतका आवाश्यक उपकरणहरु प्रयोग गरिरहेको बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन टोलीका डुङ्गाहरू सञ्चालन गर्न नसक्ने क्षेत्रहरूमा ५० भन्दा बढी साना डुङ्गाहरू तैनाथ गरिएको जनाइएको छ ।

भारतीय वायुसेना र सशस्त्र बलले पनि “दुर्गम स्थानहरू“ मा राहत सामग्रीहरू वितरणमा सहकार्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञहरूका अनुसार सहरीकरणसँगै जलवायु परिवर्तनले मनसुनी वर्षाको आवृत्ति र गम्भीरता बढाइरहेको जनाइएको छ ।

गत हप्ता, उत्तरपूर्वी राज्य नागाल्यान्ड र कश्मीरमा मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार