काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका चार पुस्ताका नेता–कार्यकर्तालाई समेट्दै एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
४४औँ बिपी स्मृति दिवसका अवसरमा बिहीबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार नयाँ सोच र चिन्तनलाई आत्मसात गर्दै पार्टी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
उनले पार्टीभित्र र बाहिर निर्वाचनमुखी राजनीति हाबी हुँदै गएको उल्लेख गर्दै बिपी कोइरालाको आदर्श, त्याग र सेवाभावबाट प्रेरणा लिएर नेता–कार्यकर्ताले सामाजिक सेवा, परोपकार र जनकल्याणका कार्यमा सक्रिय हुनुपर्ने बताए।
‘रिलबाट निस्केर रियल लाइफमा हेर्नुस्, अनि मात्र सर्वसाधारणका वास्तविक आवाज सुन्न सकिन्छ,’ उनले भने, ‘कांग्रेसले दुःखमा साथ दिन्छ भन्ने सन्देश दिने गरी जनतामाझ पुग्नुस्।’
थापाले कांग्रेस प्रदेश र स्थानीय तहका सरकारमा रहे पनि संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै जनजीविकासँग जोडिएका





