अमेरिकाको इरानमाथि लगातार १३औँ रात हमला

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं : होर्मुज जलमार्गलाई लिएर बढ्दो तनावबीच अमेरिका र इरानबीचको सैन्य द्वन्द्व झन् चर्किएको छ ।

अमेरिकी सेनाले नेपाली समयअनुसार गएराति इरानमाथि लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले पछिल्ला आक्रमणको उद्देश्य इरानको त्यस्तो सैन्य क्षमता कमजोर बनाउनु रहेको जनाएको छ, जसबाट उसले क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाज तथा सर्वसाधारण नाविकहरूलाई खतरा पुर्‍याइरहेको अमेरिकाको दाबी छ । अमेरिकाले होर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय जलयातायात सुरक्षित र निर्वाध बनाउन कारबाही जारी राखिएको जनाएको छ ।

अमेरिकी आक्रमणपछि इरानका सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग नजिकैको बन्दर अब्बास र केश्म द्वीप आसपास विस्फोट भएको जानकारी दिएका छन् । त्यसैगरी उत्तर–पश्चिमी क्षेत्र एन्दिमेश्क र ओमिदियेह आसपास पनि विस्फोट भएको खबर सार्वजनिक भएको छ । यद्यपि, ती घटनाबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार