नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने

२०८३ श्रावण ९, शनिबार

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ ।

नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरुले ग्लोबल आइएमई बैंकमा खाता खोल्नको लागि आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिङ्कमा क्लिक गरि पाउनेछन् ।

लिङ्कः https://nagarik.gibl.com.np नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको बैंकले जनाएको छ । यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकहरुले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन् ।

यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताको लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रुपमा प्राप्त गर्नेछ । यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनियता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुने विश्वास लिएको बैंकले लिएको छ ।

नागरिक एपमार्फत् खोलिएको खाता सञ्चालनको लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी मार्फत प्रमाणीकरण गर्नुपर्नेछ । यस सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको छ ।

नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार