घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु

२०८३ श्रावण ९, शनिबार

काठमाडौं : मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय एक बालकको मृत्यु भएको छ ।

मुगम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा बालकको मृत्यु भएको हो । दुईजना घाइते भएका प्रहरीले जनाएको छ । शनिबार बिहान करिब ४ बजे उक्त स्थानस्थित पेमा लामाको घरमा होटेल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना र तीन वर्षीय छोरा रमेश सुतिरहेको अवस्थामा पहिरो खसेको थियो ।

पहिरोले च्यापिएका तीन वर्षीय बालकलाई प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेको थियो । बिहान उनलाई पुलु स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनामा जगनाथ र सिर्जना सामान्य घाइते भएका छन् । पुलु स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार