काठमाडौँ : शेयर कारोबार खस्किएपछि निराश हुँदै आएकी ४५ वर्षिया रश्मी रिजालले आत्मदाह गरेकी छन् । तारकेश्वरको साङ्गलाखोला–पटापुमा कारभित्र उनी मृत फेला परेकी हुन् ।
सीसीटीभी फुटेज विश्लेषणपछि उनले आफैंले चलाएको गाडी पार्किङ गरेर गाडीभित्रै आगो लगाएको प्रहरीले जनाएको छ । पारिवारिकस्रोतका अनुसार उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ता रूपमा कार्यरत थिइन् । शेयर कारोबारमा मन्दी आएदेखि नै उनको व्यवहार अस्थिर तथा तनावयुक्त थियो ।
उनी तारकेश्वर नगरपालिका- ९, शुभकामना चोककी बासिन्दा हुन् । उनका पति नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसमा आमसञ्चार तथा पत्रकारिताका अध्यापक हुन् ।





