प्रदेशको ‘डेडलक’ फुकाउन दुई दल मिल्यौँ : वर्षमान पुन

२०८३ श्रावण ९, शनिबार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रदेश सरकारमा देखिएको ‘डेडलक’ फुकाउनका लागि दुई दलले सहमति गरेको बताएका छन्।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। यो सहमतिका लागि सक्रिय रहेका नेकपा नेता पुनले यो सहमति तत्कालको समस्या समाधानका लागि भएको बताए।

सहमतिपछि नेता पुनले नेपाली कांग्रेस तयार नभएपछि दुई दल मिलेको बताए। ‘प्रदेशमा सरकार बनाउँदा तीन दलकै बनाउने भन्ने थियो। कांग्रेस तयार नभएपछि हामी दुई दल मिल्यौँ,’ पुनले भने।

यो सहमति तत्कालको समस्या समाधान केन्द्रित भएको उनको भनाइ छ। ‘अहिले प्रदेश सरकारका लागि मात्रै सहमति हो। प्रदेशमा डेडलक छ, त्यसलाई फुकाउनका लागि सहमति भएको हो,’ उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार