केप भेर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लब कोलो कोलोमा अनुबन्धित

२०८३ श्रावण १०, आईतवार

काठमाडौं : फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा आएका केप भेर्डेका अनुभवी गोलकिपर भोजिन्हा चिलीको प्रतिष्ठित फुटबल क्लब कोलो कोलोमा अनुबन्धित भएका छन्।

४० वर्षीय भोजिन्हाले विश्वकपमा स्पेन र अर्जेन्टिनाजस्ता बलिया टोलीविरुद्ध उत्कृष्ट बचाउ गर्दै सबैको ध्यान आकर्षित गरेका थिए । कोलो कोलो क्लबले सामाजिक सञ्जालमार्फत उनको स्वागत गर्दै छिट्टै चिली पुगेर स्वास्थ्य परीक्षणपछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीसँग १८ महिनाको सम्झौता भएको छ ।

भोजिन्हाको नेतृत्वमा केप भेर्डे विश्वकपको अन्तिम ३२ सम्म पुगेको थियो, जहाँ अतिरिक्त समयमा अर्जेन्टिनासँग ३–२ ले पराजित भएको थियो । विश्वकपमा उनको प्रभावशाली प्रदर्शनपछि सामाजिक सञ्जालमा उनका समर्थकको संख्या करिब ५० हजारबाट बढेर झण्डै २ करोड ९० लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार