काठमाडौं : नेकपा (एमाले)का नेता ठाकुर गैरेले शिक्षा क्षेत्रको विषय उठाउँदै गैरेले भारतमा आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएको उदाहरण प्रस्तुत गरे।
नेपालमा भने एमबीएसको प्रश्नपत्र चुहावट भएको घटनापछि शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजिएको आरोप लगाए। उनले सरकारले उक्त प्रकरणबाट उम्किन प्रयास गरिरहेको दाबी गरे।
उनले भने, ‘भारतमा भइरहेको आन्दोलनले शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो। त्यो शिक्षा क्षेत्रको एउटा मागको विषयले हो। नेपालमा पनि एमबीबीएसको प्रश्नपत्र लिक भएको छ, शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दैछ, सरकार उम्किन खोज्दैछ।’





