नेपाली कांग्रेसको नीति प्रतिष्ठानमा जिम्मेवारी बाँडफाँड

२०८३ श्रावण १०, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिको कार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूबीच सहजीकरणको जिम्मेवारी बाँडफाँड गरेको छ।

प्रतिष्ठानका प्रमुख तथा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले उपसमितिहरूको कामलाई व्यवस्थित, समन्वयात्मक र प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी निर्धारण गर्ने निर्णय गरेको हो।

बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका पदाधिकारी तथा सदस्यहरूलाई यसलाई पार्टीको प्रमुख जिम्मेवारीका रूपमा ग्रहण गर्दै सक्रिय रूपमा काम गर्न निर्देशन दिएका छन्। उनले प्रत्येक उपसमितिले पार्टीको वैचारिक अभियानसँग जोडिएर नागरिकका वास्तविक चासो र सरोकारका विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

थापाले कांग्रेसले जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दालाई नीतिगत एजेन्डाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपसमितिहरूले त्यसअनुसार ठोस योजना र कार्यक्रम अघि सार्नुपर्ने बताए।

बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ तथा दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिका संयोजक डा. डी.बी. सुनारले आ–आफ्ना विषयगत अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार