काठमाडौँ : चलचित्र ‘मास्टर्नी’को टिजर सार्वजनिक गरिएको छ।
क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा निर्मित यस चलचित्रको टिजरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापा लगायतका कलाकारहरू देखिएका छन्। आयंका फिल्मसको प्रस्तुति रहेको यस चलचित्रलाई सुवेन्दु घोषले निर्देशन गरेका हुन्।
चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा तयार पारेका हुन्। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार चलचित्रका कार्यकारी निर्माता हुन्। भारतीय प्राविधिक टिमले काम गरेको यस चलचित्रको पोस्ट प्रोडक्सनको काम नेपाल र भारत दुवै स्थानमा भइरहेको छ।
चलचित्रको कथा स्वयं प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका हुन्। संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन्। युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको यो चलचित्र आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रमा रोहित शाक्यको सङ्गीत र त्रिशाला गुरुङको गायन रहेको छ भने यसलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।





