काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा लगातार दुई खेलमा हार बेहोरेको नेपालले आज सोमबार तेस्रो खेल खेल्दै छ ।
दुई खेलमा नेरदल्यान्ड्स र नामिवियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिवियाको सामना गर्न लागेको हो ।
नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४:४५ बजे सुरु हुनेछ । अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना निकै सकसपूर्ण बनेको छ ।





