घुस लिँदै गरेको अवस्थामा वडा सचिव साह पक्राउ

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई रु १० हजार घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिइ घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरिएको हो ।

आयोगले सेवाग्राहीबाट रु १० हजार घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक स्थानीय होटलबाट सोमबार नियन्त्रणमा लिएको हो । आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार