राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बैठक बुधबार बिहान ११ बजे पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

यस्तै, संगठनात्मक व्यवस्थापन, विभिन्न पदमा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालनका योजना र समसामयिक विषयमा पनि बैठकमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार