काठमाडौँ : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ ।
साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।
सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै आज आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।





