अठचालीस करोडभन्दा बढी राजस्व सङ्कलन

२०८३ श्रावण १२, मंगलवार

विराटनगर : यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२÷८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ ।

रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट रु ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक लाख २८ हजार ३००, चालक अनुमति पत्र प्रदानबाट रु आठ करोड ५३ लाख ३३ हजार ४७५, दण्ड जरिवाना र जफतबाट रु एक लाख तीन हजार १०० र सवारी साधान करबाट रु ३८ करोड ५२ लाख ७९ हजार ४८२ जम्मा भएको हो सूचना अधिकारी लेखप्रसाद आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार