कांग्रेसले चालिस युवालाई विपद् व्यवस्थापन तालिम दिने

२०८३ श्रावण १२, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसले प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा दक्ष युवा जनशक्ति तयार गर्ने उद्देश्यसहित पहिलो चरणमा ४० युवालाई विशेष प्रशिक्षण दिने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आगामी श्रावण १५ देखि १७ गतेसम्म काठमाडौंमा ‘विपद् व्यवस्थापन सम्बन्धी ३ दिने प्रशिक्षण’ सञ्चालन हुने भएको हो। प्रतिष्ठानको श्रावण १० र ११ गते बसेको छैठौं बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार इच्छुक व्यक्तिमध्ये छनोट गरिएका ४० जना युवालाई पहिलो चरणको प्रशिक्षणमा सहभागी गराइने भएको छ। तालिममा प्राकृतिक विपद्का विषयमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सीप र व्यवहारिक अभ्याससमेत गराइने कांग्रेसले जनाएको छ। विपद् व्यवस्थापन क्षेत्रमा लामो समयदेखि स्वदेश तथा विदेशमा कार्यरत विषय विज्ञहरूले सहभागीलाई प्रशिक्षण दिनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार