सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनरमा स्काइवेल

२०८३ श्रावण १३, बुधबार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुपअन्तर्गतको स्काइवेललाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।

मंगलबार सम्पन्न सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक खड्काले एलआरआर ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी र उत्साहित रहेको बताए । उनले यस वर्ष साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ र व्यावसायिक प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा काम गरिने उल्लेख गरे ।

एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले सुदूरपश्चिम रोयल्स एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा सबैभन्दा ठूलो समर्थक आधार भएको, क्रिकेटप्रेमीमाझ लोकप्रिय र बलियो ब्रान्डका रूपमा स्थापित भएकाले दीर्घकालीन सहकार्य गर्ने निर्णय गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार