काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावअनुसार कायम चुक्तापूँजीको ६ प्रतिशत बराबर बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरको करसहित) वितरण गरिनेछ।
कम्पनीका अनुसार प्रस्तावित बोनस सेयर तथा नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ। राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्रै लाभांश वितरण गरिनेछ।








