अब एटीएमबाट १०० रूपैयाँको नोट पनि पाइने

२०८३ भाद्र २९, सोमबार

काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाका एटीएम बाट एक सय रुपैयाँ दरका नोट पनि पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडबाडमा बैंकहरूमा हुने भीडभाड कम गर्न एटीएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो ।

हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट १ हजार र ५ सय रूपैयाँ दरका नोटहरू मात्र दिँदै आएका छन् । जसका कारण साना दरका नोट झिक्न ग्राहकहरू बैंकको काउन्टरमै पुग्नुपर्ने बाध्यता छ । विशेषगरी दसैँका बेला साना दरका नोट सटही गर्न बैंकहरूमा सर्वसाधारणको ठूलो भीड लाग्ने गर्छ।

केही बैंकहरूसँग प्राविधिक तयारीबारे बुझ्दा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न सम्भव देखिएको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार