बेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

२०८३ आश्विन २०, मंगलवार

काठमाडौं : नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटेको टोलीले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाखु खोलामा करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाइ पहुँच मार्ग निर्माण सुरु गरेको छ ।

उक्त स्थानमा ६० टन भार बाहन क्षमता भएको २४० फिट लामो एक्रो ब्रिज असोज १९ गतेसम्ममा ढुवानी गरी आजबाट जडान कार्य सुरु गरेको हो। जडान सम्पन्न भए पश्चात् बाढीबाट प्रभावित नुवाकोट र रसुवाको सडक सम्पर्क, आवागमन तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहज हुने विश्वास लिइएको छ।

नदीमा बेलीब्रिज जडान हुनेभएपछि स्थानीय पनि खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार