काठमाडौं : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई पर्सा जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
पर्सा जिल्ला अदालतकी न्यायाधीश देवीकुमारी चौधरीको इजलासले मङ्गलबार शर्मालाई दुई लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिएर तारेखमा राख्न आदेश दिएको हो। पक्राउ पुर्जी जारी भएपछि उनी अदालतमा उपस्थित भएका थिए।
शर्माविरुद्धको मुद्दा तत्कालीन सनराइज बैंकमा कार्यरत हुँदाको कर्जा कारोबारसँग सम्बन्धित छ। अन्जली इन्टरनेशनललाई कर्जा दिने प्रक्रियामा धितो राखिए पनि कर्जा प्रवाह नगरिएको आरोप उनीमाथि लगाइएको छ। उक्त प्रकरणमा कर्जा अपचलन तथा विश्वासघातसम्बन्धी मुद्दा दायर भएको प्राप्त विवरणमा उल्लेख छ।









