काठमाडौं : नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले नेपाल प्रिमियर लिग (एनपिएल) को काठमान्डु गोर्खाजको सद्भावना दूतका रूपमा पुनः निरन्तरता पाएका छन्।
एनपिएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले करातेका प्रशिक्षक मण्डेकाजीसँगै फुटबलर विकेश कुथु सद्भावना दूतमा चयन गरेको हो।
राष्ट्रिय कराते टोलीका प्रशिक्षक श्रेष्ठ जापानमा सम्पन्न २०औं एसियाली खेलकुदमा नेपाली कराते टोलीका प्रशिक्षकको भूमिकामा थिए। उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता पनि हुन्।
गोर्खाजले खेलाडीलाई आफ्नो परिवारमा जोड्न पाउँदा खुसी लागेको जनाएको छ। पूर्वखेलाडी तथा प्रशिक्षक मण्डेकाजी श्रेष्ठले खेलकुदमा फरक भूमिकाबाट योगदान गर्न पाउँदा उत्साहित रहेको बताए।









