बूढानीलकण्ठबाट २२ किलो सुन बरामद

२०८३ आश्विन २२, बिहीबार

काठमाडौँ : काठमाडौँको बुढानिलकण्ठबाट करिब २२ किलो सुन बरामद भएको छ।

अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो। सुनसहित केही व्यक्ति पनि पक्राउ परेका छन्। तर, प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिहरूको विवरण खुलाएको छैन।

यसबारे जानकारी दिन अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार