इरान युद्धमा अमेरिकाका ८१ सैन्य विमानमा क्षति, ३.३ अर्ब डलरसम्मको नोक्सानी

२०८३ आश्विन २३, शुक्रबार

काठमाडौँ : इरानविरुद्ध अमेरिकाले यसै वर्ष सुरु गरेको सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ का क्रममा लडाकु विमान र मानवरहित विमान (ड्रोन) सहित अमेरिकाका कम्तीमा ८१ सैन्य विमान नष्ट वा क्षतिग्रस्त भएका छन् ।

अमेरिकी संसद्लाई बजेटसम्बन्धी अनुसन्धान र विश्लेषण उपलब्ध गराउने गैरदलीय सरकारी निकाय कंग्रेसनल बजेट अफिस (सीबीओ) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख छ ।

प्रतिवेदनअनुसार अगस्ट १ सम्म इरानविरुद्धको अमेरिका–इजरायल युद्धमा अमेरिकी विमानहरू नष्ट वा क्षतिग्रस्त हुँदा ३ अर्ब ३० करोड अमेरिकी डलरसम्मको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिवेदनले फेब्रुअरी २८ मा सुरु भएको युद्धको बढ्दो आर्थिक भारलाई उजागर गरेको छ । द्वन्द्व आठौँ महिनामा प्रवेश गर्दा पनि स्थायी युद्धविराम हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार