नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

२०८३ आश्विन २४, शनिबार

काठमाडौं : नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ।

अफरअन्तर्गत इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना बोनस तथा सहुलियत दरका मोबाइल डाटा, भ्वाइस र एसएमएस प्याकेज उपलब्ध हुनेछन्।

असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटिटीएच जडान गर्ने ग्राहकले ५०० रुपैयाँ छुट पाउनेछन्। त्यस्तै, १००, १५० र २०० एमबिपिएसका वार्षिक प्याकेज खरिद गर्दा १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा उपयोग गर्न सकिनेछ।

मोबाइल सेवाअन्तर्गत ४९९ रुपैयाँमा दैनिक ५ जिबी र ६९९ रुपैयाँमा दैनिक १० जिबी उच्चगतिको डाटासहितका प्याकेज उपलब्ध हुनेछन्। त्यस्तै, २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट र ९९ रुपैयाँमा आफ्नै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिनेछ। मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ।

ग्राहकले नेपाल टेलिकमको मोबाइल एप वा ८१४१५८११३ डायल गरेर कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार