दश किलो गाँजासहित एक जना पक्राउ

२०८३ आश्विन २६, सोमबार

भक्तपुर : सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको गाँजासहित खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का देवेन्द्र राईलाई पक्राउ गरिएको हो ।

निजलाई भक्तपुर जिल्ला अदालतबाट १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले लिएको उहाँले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार