पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

२०८३ आश्विन २७, मंगलवार

बागमती : दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो ।

महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ । यहाँ घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिए । घटस्थापनादेखि सुरु भएको पाठपारायण महानवमीका दिनसम्म सञ्चालन हुने भएको छ ।

यहाँ ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ल्याइएको शिला, त्रिशूल र कलशलाई स्थापना गरी मन्दिर निर्माण गरिएको हो । मन्दिरमा नियमित पूजाआजका साथै २०६५ असोज १३ गतेबाट अखण्ड हवन भइरहेको छ । ताप्लेजुङको पाथीभरा मन्दिर जान नसक्नेका लागि यो स्थान महत्वपूर्ण विकल्प बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार