काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा मंगलबार टर्कीको गालातासरेविरुद्ध ४–१ को पुनरागमन जित निकालेको छ ।
राम्स पार्कमा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन जोआओ कान्सेलो, फर्मिन लोजेप, एन्टोनी गोर्डन र करिम अदेयेमीले एक–एक गोल गरे । गालागासरेका अलेक्सी बात्राकोभले गोल गरे । खेलको २८औँ मिनेटमा बात्राकोभको गोलमार्फत गालातासरेले अग्रता लिएको थियो । तर, टोलीले अग्रता जोगाउन सकेन ।
पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा कान्सेलोले बार्सिलोनालाई बराबरीमा ल्याए । लोपेजले ५०औँ मिनेटमा गोल गर्दा बार्सिलोना २–१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै गोर्डनले टोलीका लागि तेस्रो गोल गरे । अदेयेमीले ६५औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले ४–१ को सहन जित निकाल्यो ।
लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको बार्सिलोना शीर्षस्थानमा छ । पराजित गालातासरे समान खेलबाट विना अंक ३४औँ स्थानमा छ ।










