यती एअरलाइन्सबाट यात्रा गर्दा स्कुटर जित्ने मौका

२०८३ आश्विन २८, बुधबार

काठमाडौं : दशैं, तिहार र छठको उमङ्गलाई थप रोमाञ्चक बनाउँदै यती एअरलाइन्सले आफ्ना यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ।

यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियानमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको छ ।

चाडपर्वको खुसी, पारिवारिक भेटघाट र यात्राको उत्साहलाई पुरस्कारसँग जोड्ने उद्देश्यले ल्याइएको यो अभियान असोज २३ गतेदेखि सुरु भइसकेको छ र कात्तिक ३० गतेसम्म ३९ दिन सञ्चालन हुनेछ । यती एअरलाइन्सले यात्रुहरूले वर्षौंदेखि प्रदान गर्दै आएको विश्वास, माया र साथप्रति आभार व्यक्त गर्दै चाडपर्वको यात्रालाई थप विशेष र स्मरणीय बनाउने उद्देश्यले अभियान ल्याएको जनाएको छ ।

यस अभियानको मुख्य आकर्षण बम्पर पुरस्कारमा राखिएको पुजो ज्याङ्गो स्कुटर हो । चाडपर्वको समयमा आफ्नो गन्तव्यसम्मको यात्रा सहज बनाउँदै आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सकिने भएकाले अभियानले यात्रुहरूमा थप उत्साह जगाउने अपेक्षा गरिएको छ । यसका साथै, साप्ताहिक रूपमा माउन्टेन फ्लाइट जित्ने अवसरले अभियानलाई अझ रोचक बनाएको छ ।

यात्रुहरू स्वतः लक्की ड्रमा सहभागी हुने

अभियान अवधिभित्र यती एअरलाइन्सको टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रुहरू ‘लक्की ड्र’का लागि योग्य हुनेछन्। अभियानमा सहभागी हुन छुट्टै दर्ता गर्नुपर्ने छैन । रद्द गरिएका, रिफन्ड भएका वा प्रयोग नगरिएका टिकटहरू भने ‘लक्की ड्र’मा समावेश हुने छैनन्।

विजेताहरूको घोषणा आगामी डिसेम्बर १, २०२६ मा यती एअरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (फेसबुक लाइभ) गरी गरिनेछ । जसमा, मुख्य विजेताले रू. ५ लाख ७१ हजार मूल्यको पुजो ज्याङ्गो स्कुटर १२५ स्कुटर जित्नेछन् ।

चाडपर्वको उल्लाससँगै यात्रुहरूलाई थप खुसी बाँड्ने लक्ष्य राखेको यती एअरलाइन्सको यस अभियानले हवाई यात्रालाई पुरस्कार जित्ने रोमाञ्चक अवसरसँग जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार