भिभोको नयाँ स्मार्टफोन भिभो वाई ३२ सार्वजनिक

२०८३ आश्विन २९, बिहीबार

काठमाडौं : भिभोले ८ हजार एमएएच क्षमताको ब्याट्रीसहितको नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ।

दैनिक कामकाजमा स्मार्टफोनको उच्च प्रयोग गर्ने युवा, फिल्डमा काम गर्ने कर्मचारी तथा दिनभर सक्रिय रहने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

भिभोको वाई सिरिजअन्तर्गत सार्वजनिक गरिएको यस स्मार्टफोनमा ४४ वाट फ्ल्यासचार्ज, आईपी६८/आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स तथा एन्टीड्रप आर्मर डिजाइनलगायतका विशेषता समावेश छन्।

वाई३२ को मुख्य आकर्षण यसको ८ हजार एमएएच ब्याट्री हो। कम्पनीका अनुसार ६ वर्षे ब्याट्री हेल्थ प्रविधिले १ हजार ५०० पटक पूर्ण चार्ज गरेपछि पनि कम्तीमा ८० प्रतिशत ब्याट्री क्षमता कायम राख्न मद्दत गर्छ।

ब्याट्रीको प्रयोग र चार्जिङलाई थप व्यवस्थित बनाउन फोनमा स्मार्ट चार्जिङ इन्जिन उपलब्ध छ। यसले प्रयोगकर्ताको चार्जिङ प्रक्रियालाई अनुकूलन गर्दै ब्याट्रीमा पर्ने अनावश्यक दबाब कम गर्न सहयोग गर्छ। त्यस्तै, ओभरनाइट चार्जिङ प्रोटेक्सनले रातभर चार्ज गर्दा ब्याट्रीलाई सुरक्षित राख्न चार्जिङ प्रक्रियालाई व्यवस्थापन गर्छ।

छिटो चार्जिङ आवश्यक पर्दा ४४ वाट फ्ल्यासचार्जले छोटो समयमै ब्याट्री चार्ज गर्न सहयोग गर्छ। यसले लामो समयसम्म चार्जिङमा पर्खिनुपर्ने झन्झट कम गर्ने कम्पनीको भनाइ छ।

डिजाइनतर्फ भिभो वाई३२ मा प्रिमियम मेटालिक क्यामेरा डिजाइन र डाइनामिक लाइट उपलब्ध छन्। डाइनामिक लाइटले कल, सन्देश तथा अन्य नोटिफिकेसनका लागि प्रकाशमार्फत दृश्य संकेत दिन्छ। यसले फोनको आकर्षक रूपलाई थप निखार्नुका साथै प्रयोगकर्तालाई एकै नजरमा सूचना थाहा पाउन मद्दत गर्छ।

दैनिक प्रयोगका चुनौतीलाई ध्यानमा राख्दै यसमा आईपी६८/आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स तथा एन्टीड्रप आर्मर डिजाइन दिइएको छ। यी विशेषताले धुलो, पानी तथा दैनिक प्रयोगका क्रममा हुन सक्ने ठक्कर र आकस्मिक खसाइबाट फोनलाई थप सुरक्षा प्रदान गर्छन्।

भिभो वाई३२ आजैदेखि नेपालभरका आधिकारिक भिभो रिटेल स्टोरहरूमा तीन भेरियन्टमा उपलब्ध भएको छ।

– ४ जीबी र्‍याम + १२८ जीबी स्टोरेज: ३९ हजार ९९९ रुपैयाँ
– ६ जीबी र्‍याम + १२८ जीबी स्टोरेज: ४५ हजार ९९९ रुपैयाँ
-६ जीबी र्‍याम + २५६ जीबी स्टोरेज: ५२ हजार ९९९ रुपैयाँ

विशेष लन्च अफरअन्तर्गत पहिलो ३० दिनभित्र भिभो वाई३२ खरिद गर्ने ग्राहकले थप दुई वर्षको ब्याट्री वारेन्टी पाउनेछन्। यसले दीर्घकालीन प्रयोगका लागि ग्राहकलाई थप भरोसा प्रदान गर्ने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार