हाम्रो आन्दोलनको तुलना नेपाल-बंगलादेशसँग नगर्नुहोस् : दीपके

२०८३ कार्तिक ४, बुधबार

काठमाडौँ : क्रकोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले मंगलबार भिडियो सन्देश जारी गर्दै भारतमा भइरहेका प्रदर्शनको तुलना नेपाल र बंगलादेशमा सत्ता परिवर्तनका लागि भएका हिंसात्मक प्रदर्शनसँग गर्नु उचित नभएको बताएका छन्।

दीपकेले सौरव दास र आशुतोष रांकाको गिरफ्तारीपछि सीजेपीका समर्थकलाई शान्त रहन आग्रह गरेका छन्। उनले घृणालाई आफूहरूमाथि हाबी हुन नदिन र आन्दोलनलाई शान्ति तथा प्रेमको बाटोमा निरन्तर अघि बढाउन आग्रह गरे।

हामीले हिंसाको बाटो रोजेका छैनौँ : दीपके

‘म्यासेज टु अल ककरोचेस’ शीर्षकमा जारी भिडियोमा दीपकेले भने, ‘सौरव दास र आशुतोष रांकाले शान्तिपूर्वक जेल जानु गान्धीवादी सत्याग्रहको प्रमाण हो। दुवै जना मुस्कुराउँदै जेल गए। उनीहरूको मनमा रिस वा घृणा थिएन। हामीले हिंसाको बाटो रोजेका छैनौँ।’

भारतको प्रदर्शन विदेशी आन्दोलनभन्दा फरक

दीपकेले फ्रान्समा भएका हिंसात्मक युवा प्रदर्शन तथा बंगलादेश र नेपालमा सत्ता परिवर्तनका लागि भएका आन्दोलनको प्रसंग उल्लेख गर्दै भने, ‘जो मानिस लगातार औँला उठाउँदै फ्रान्समा के भइरहेको छ भनेर देखाउँछन्, उनीहरूलाई लाज लाग्नुपर्छ। भारतमा के भइरहेको छ, त्यो हेर्नुहोस्।’

दीपकेका अनुसार सौरव दास र आशुतोष रांकालाई आफूहरूलाई गैरकानुनी रूपमा जेल पठाइँदै छ भन्ने थाहा थियो। त्यसका बाबजुद उनीहरू शान्तिपूर्वक जेल गए।

उनले आफ्नो आन्दोलनको तुलना हिंसात्मक सत्ता परिवर्तनका आन्दोलनसँग गर्न नसकिने बताए। यो महात्मा गान्धीले अपनाएको बाटोजस्तै भएको उनको भनाइ थियो। उनका अनुसार गान्धी पनि सत्याग्रहका क्रममा जेल जाँदा शान्तिपूर्वक जाने गर्थे।

दीपकेले सौरव र रांका जेलबाट बाहिर आएपछि पनि त्यसरी नै मुस्कुराउने बताए। उनीहरूले ‘इन्कलाब जिन्दाबाद’ को नारा लगाउने र महात्मा गान्धीले देखाएको शान्ति तथा अहिंसाको बाटोमा अघि बढिरहने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार