गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

२०८३ कार्तिक १८, बुधबार

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका– ३ स्थित बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो। बैंकले पहिलोपटक ०६४ कात्तिक १८ गते कारोबार सुरु गरेको थियो। कारोबार सुरु गरेको १९औँ वर्षको विशेष अवसर पारेर नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकका अध्यक्ष दिलीपप्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बालुवाटार शाखाको उद्घाटन गरेका थिए। नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटिएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्नेछन्।

आमनागरिकको बैंकिङ सेवामा पहुँच विस्तार, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तारलाई निरन्तरता दिइएको बैंकले जनाएको छ।

बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिमा वृद्धि गर्ने माध्यमका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्त्वपूर्ण आधारका रूपमा लिएको छ।

बालुवाटारमा नयाँ शाखा सञ्चालनसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकको आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार