काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आइतबार विशेष सम्बोधन गर्ने भएका छन्।
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका हुन्। १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सम्बोधन गर्न लागेका हुन्। पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जनाइएको छ।
कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार, दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति थापाको विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ।











