नागरिकमा भरोसा जगाउने प्रहरी बनाउँछु : आईजीपी केसी

२०८३ कार्तिक १८, बुधबार

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीले नागरिकमा डर होइन, भरोसा पैदा हुने गरी काम गर्नुपर्ने बताएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रण, साइबर ठगी, क्रिप्टो कारोबार, लागुऔषध तथा मानव बेचबिखनजस्ता चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्ने बताए।

प्रहरीप्रति खस्किँदै गएको जनविश्वास पुनर्निर्माण गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै उनले प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्न र आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकारसँग आग्रह गरे।संविधान र कानुनप्रति प्रतिबद्ध रहँदै व्यावसायिक, जिम्मेवार र जनउत्तरदायी प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आईजीपी केसीले आफ्नो कार्यकालको मूल्यांकन आफूले के पाएँ भन्नेभन्दा जनतालाई के दिएँ भन्ने आधारमा हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार