काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १३ हजार ३ सय रूपैयाँले बढेर २ लाख ८८ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय ५५ रूपैयाँ कायम भएकोमा आज २ सय ६५ रूपैयाँले बढेर ३ हजार ९ सय २० रूपैयाँ कायम भएको छ ।










