काठमाडौं : कर्णाली याक्सले प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दबाबबिच लुम्बिनी लायन्सलाई मात्र १०६ रनको लक्ष्य दिएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीका कप्तान डेविड मिलरले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेका थिए। सोमपाल कामीबाट जिम्मेवारी खोसिँदा अवसर पाएका मिलरसहित कर्णालीका ब्याटर निर्णायक खेलमा चुकेका छन्। कर्णाली १९.२ ओभरमा अल आउट हुँदा मात्र १०५ रन बनाउन सक्यो।











