कर्णालीविरुद्ध पावर प्लेमा लुम्बिनीको खराब सुरुआत

२०८३ कार्तिक २६, बिहीबार

काठमाडौं : लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध खराब सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सुरुआती ६ ओभरमा तीन विकेट गुमाएर ३२ रन बनाएको छ ।

हाल क्रिजमा रहेका ओपनर डार्सी सर्ट १८ र निरोशन डिक्वेला आठ रनमा खेलिरहेका छन् ।

त्यसअघि पभेलियन फर्किएका सन्दीप जोराले चार रन बनाएका थिए भने ओपनर आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले समान एक रन बनाएका थिए ।

कर्णालीका निम्ति मार्क वाटले दुई र पवन सर्राफले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार