एनपीएलबाट जनकपुर र कर्णाली बाहिरियो, चितवन प्लेअफ नजिक

२०८३ कार्तिक २७, शुक्रबार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफ होडलाई बलियो बनाएको छ ।

जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभर खेल्दै ६ विकेट गुमाएर ९२ रन बनाउँदै पूरा गरेको हो ।

६ खेलमा तेस्रो जित हात पारेको चितवन ७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ र प्लेअफ सम्भावना बलियो बनेको छ । चितवनले लिगको अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल अघि शनिबार विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा पनि चितवनले प्लेअफमा स्थान पक्का गर्नेछ । विराटनगर विजयी भएमा भने चितवनले अन्तिम खेलमा कर्णालीलाई पराजित गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

ताजा समाचार